मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नवजात शिशुसहित दुई मृत फेला

एक्सप्रेस पाना
पौष २१, २०७८ बुधबार
  • 372
    SHARES
  • नवजात शिशुसहित दुई मृत फेला

    पुस २१ काठमाडौं । तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलवार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।

    images

    स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उनले बताए । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    यसैगरी आँबुखैरेनी गाउँपालिका–३ शिवालय मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ । मन्दिर नजिकैको धर्मशालाको पेटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छैन ।

    images