मंगलबार, कार्तिक १८ गते २०८३
images
images

फेरि बर्षा र हिमपातको सम्भावना

एक्सप्रेस पाना
पौष २१, २०७८ बुधबार
  • 410
    SHARES
  • फेरि बर्षा र हिमपातको सम्भावना

    पुस २१ काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ ।

    images

    उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठ जानकारी दिए । यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ । हाल देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

    आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव आठ डिग्री र अधिकतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव पाँच डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम २३ दशमलव पाँच डिग्री सेल्सियस छ ।

    images