मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सुदूरपश्चिमसहितका देशका यी क्षेत्रमा आज वर्षाकाे सम्भावना

एक्सप्रेस पाना
पौष २६, २०७८ सोमबार
  • 207
    SHARES
  • सुदूरपश्चिमसहितका देशका यी क्षेत्रमा आज वर्षाकाे सम्भावना

    पुस २६ काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव  छ । बिहान सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

    images

    दिउँसो सुदूरपश्चिम र कर्णालीका केहि स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।  उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ ।

    राति सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ । सम्भावना रहेको छ। मंगलबार देशभर आंशिक बदली रहनेछ। सुदूरपश्चिम र प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    images