मंगलबार, कार्तिक १८ गते २०८३
images
images

भोलीदेखि १५ माघसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

एक्सप्रेस पाना
पौष २६, २०७८ सोमबार
  • 441
    SHARES
  • भोलीदेखि १५ माघसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

    पुस २६ काठमाडौं । शिक्षा मन्त्रालयले २७ पुसदेखि १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

    images

    मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन सिफारिस गरेको छ। 

    सोमबार शिक्षा मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी० को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।

    images

    आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी १५ माघसम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । सोहीअनुसार आज मन्त्रालयले निर्णय गरेको हो ।

    मन्त्रालयले बिदाको अवधिमा पनि विद्यार्थीलाई पठनपाठनमा सहजीकरण गर्न विद्यालयहरूलाई आग्रह गरेको छ ।

    Avatar