पुस २६ रौतहट । रौतहट जिल्लाको ईशनाथ नगरपालिका २ स्थित मनमोहन गेटबाट पौष २५ गते सशस्त्र प्रहरीले श्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रुपैयाँसहित भारतमा घर बताउने ३९ बर्षिय संजय कुमार जैसवाललाई पक्राउ गरेको छ । बि आर ०५ ए जी ८०५७ नम्बरको भारतिय मोटरसाईकलमा नेपालतलर्फ आउँदै गरेका निज जैसवाललाई शंका लागी जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँकोे श्रोत नखुलेपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यसबेला उक्त मोटरसाईकलसमेत बरामद गरिएको छ । सो मोटरसाईकलको भन्सार दाखिला मुल्य १ लाख रुपैयाँ रहेको छ ।
पक्राउ परेका निज जैसवाललाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गौरमा बुझाईएको छ ।
विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दूई जना पक्राउ
सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाँउपालिका ६ स्थित सीमा ईलाकाबाट पौष २५ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दूई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको ईटहरी उपमहानगरपालिका ६ बस्ने ३१
बर्षिय सुबोध कोईराला र ३७ बर्षिय गणेश पौडेल छन् ।
को २६ प ७९८१ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनिहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा डाईलेक्स १ बोतल, नाईट्रोजन ट्याब्लेट १० वटा र क्यास्मोकिसन ट्याब्लेट १० वटा फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद
बारा जिल्लाको आदर्शकोटवाल गाँउपालिका ६ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले पौष २५ गते करीव ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । बि आर ०५ डि ७०३२ नम्बरको भारतिय मोटरसाईकलमा राखी अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
त्यसबेला उक्त मोटरसाईकलसमेत बरामद गरिएको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ । सो मोटरसाईकलको भन्सार दाखिला मुल्य १ लाख १० हजार रुपैयाँ रहेको छ ।
.jpg)


