मंगलबार, कार्तिक १८ गते २०८३
images
images

भिरबाट लडेर ५५ बर्षीय लिम्बूको मृत्यु

एक्सप्रेस पाना
पौष २८, २०७८ बुधबार
  • 384
    SHARES
  • भिरबाट लडेर ५५ बर्षीय लिम्बूको मृत्यु

    पुस २८ तेह्रथुम । फेदाप गाउँपालिका भिरबाट लडेर एक जनाको ज्यान गएको छ । फेदाप गाउँपालिका-१ मा रहेकाे भिरबाट लडेर ५५ बर्षका लैनबहादुर  लिम्बूको बुधबार ज्यान गएको हो । डकर्मी कामका लागि लाम्थुङ्गा गएका लिम्बू घर फर्कने क्रममा भोगटेनीस्थित कालीदह भिरमा खसेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    images

    बुधवार बिहान अबेरसम्म लिम्बू घर नआएपछि परिवार र छिमेकीले खोजतलास गर्दा उनलाई मृत अवस्थामा फेला पारेकाे जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तेह्रथुममा ल्याइएको  छ ।