मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पाल्पा मोटरसाइकल दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती घाइते

एक्सप्रेस पाना
पौष २८, २०७८ बुधबार
  • 198
    SHARES
  • पाल्पा मोटरसाइकल दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती घाइते

    पुस २८ पाल्पा । पाल्पाको निस्दी गाउँपालिकाको सिन्धुरेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    images

    जिल्लाको पूर्वी भेग निस्दी-७ को भित्री सडक खण्डमा पसलदेखि घरतर्फ जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँका ४४ वर्षीय ओमबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

    सिन्धुरेमा किराना पसलदेखि घर फर्कनेक्रमा लु६प १५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका निमित्त प्रमुख रामेश्वर त्वातीले बताए । मोटरसाइकलको पछाडि सवार मृतक गाहारी श्रीमती नीरमाया गाहा घाइते भएकी छन् । घाइते गाहाको टाउकोमा चोट लागेको छ । घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    images