मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बैंक खाता खोल्न हिँडेकी वृद्धाको बाटो मै मृत्यु

एक्सप्रेस पाना
पौष २९, २०७८ बिहीबार
  • 359
    SHARES
  • बैंक खाता खोल्न हिँडेकी वृद्धाको बाटो मै मृत्यु

    पुस २९ कालिकोट । बैंक खाता खोल्न हिँडेकी ६० बर्षीया वृद्धाको बीच बाटो मै मृत्यु भएको छ । कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बाटोमै मृत्यु भएको हो । 

    images

    पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न करिब १० किलोमिटर टाढाको थिर्पु जादै थिइन । सोही क्रममा वृद्धाको ज्यान गएको हो । 

    १० किलोमिटर हिडेर खाता खोल्न जानु पर्ने भएपछि उनी बिहीबार बिहानै घरबाट हिडेकी थिइन् । वृद्धावस्था र शारीरिक रुपमा पनि अस्वस्थ हुँदाहुँदै उनी घरबाट निस्केको स्थानीयले बताएका छन् । उनी पलाँताको थिर्पुमा रहेको नबिल बैंकमा खाता खोल्न आउँदै थिइन ।न्युज कारखाना

    images