शुक्रबार, भाद्र २६ गते २०८३
images

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

एक्सप्रेस पाना
श्रावण २८, २०७८ बिहीबार
  • 344
    SHARES
  • बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

    काठमाडौँ ।  नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८८ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो । बुधबार सुनको मूल्य तोलामा चार सयले घटेको थियो ।  

    images

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार ९ सय ५० रहेको छ ।  त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य ११९० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।