शुक्रबार, भाद्र २६ गते २०८३
images

नेप्सेमा बैंक अफ काठमाण्डूको ऋणपत्र सूचीकृत, कहिले देखी कारोबारमा जाने ?

एक्सप्रेस पाना
श्रावण २८, २०७८ बिहीबार
  • 338
    SHARES
  • नेप्सेमा बैंक अफ काठमाण्डूको ऋणपत्र सूचीकृत, कहिले देखी कारोबारमा जाने ?

    काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र बिहीवार नेपाल स्टक एक्सचेञ्ज नेप्से मा सूचीकृत भएको छ । बैंकले गत मंसिर २४ गतेदेखि २९ गतेसम्म विक्री गरी पुस ८ गते बाँडफाँट गरेको १६ लाख कित्ता ऋणपत्र सूचीकृत गराएको हो । 

    images

    आइतवारदेखि कारोबारयोग्य हुने यो ऋणपत्र सम्बन्धीत ऋणपत्रधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । बैंकले दश वर्षे अवधिको वार्षिक ८.५० प्रतिशत ब्याजदको ऋणपत्र धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने गरी सूचीकृत गराएको हो । 

    ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । बैंकले कुल कित्ता ऋणपत्रमध्य सर्वसाधारण समूहलाई ६ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत र ९ लाख ६० हजार कित्ता विभिन्न संघसंस्थाहरुलाई परिपत्र विधिबाट विक्री गरेको हो ।

    images