शुक्रबार, भाद्र २६ गते २०८३
images

बैंक अफ काठमाण्डूको अफर, ग्राहकले सम्यक डाईग्रोष्टिकमा कति  प्रतिशत छुट पाउने ?

एक्सप्रेस पाना
श्रावण २९, २०७८ शुक्रबार
  • 446
    SHARES
  • बैंक अफ काठमाण्डूको अफर, ग्राहकले सम्यक डाईग्रोष्टिकमा कति  प्रतिशत छुट पाउने ?

    काठमाडौँ ।  बैंक अफ काठमाण्डू लिमिटेड र सम्यक डाईग्रोष्टिक प्रालि बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।  

    images

    यस सम्झौता पश्चात् ग्राहकहरुले सम्यक डाईग्रोष्टिक प्रालिले प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशतसम्म छुट पाउनेछन् । सम्यक डाईग्रोष्टिकले काठमाडौं उपत्यकाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।       

    बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।  

    images