शुक्रबार, भाद्र २६ गते २०८३
images

सानिमा लाइफको आईपीओ शनिबार बाँडफाँट हुने

एक्सप्रेस पाना
श्रावण २९, २०७८ शुक्रबार
  • 356
    SHARES
  • सानिमा लाइफको आईपीओ शनिबार बाँडफाँट हुने

    काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर भोलि शनिबार बाँडफाँट हुने भएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार भोलि शनिबार सानिमा लाइफको दरमार्गस्थित कार्यालयमा बिहान ११ः०० बजेदेखि बाँडफाँट हुने भएको हो ।

    images

    साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो। जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो।

    शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओमा २४ लाख १९ हजार १२७ वटा आवेदन परेको थियो। धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशका २०७४ बमोजिम कम्पनीको आइपीओ ५ लाख ५४ हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गर्नेछन्।

    images

    २०७४ मंसिरबाट यो कम्पनीले कारोबार सुरु गर्दै आएको छ। चैत मसान्तसम्म कम्पनीले ९ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। सो अवधिसम्म खुद १ अर्ब ४४ करोड बीमा शुल्क आर्जन गरेको छ। आब ०७७ ७८ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ७४ पैसा र प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७३ पैसा अनुमान छ।