शुक्रबार, भाद्र २६ गते २०८३
images

सानिमा लाइफको आईपीओ बाँडफाँड, कतिले पाए १० कित्ता ?

एक्सप्रेस पाना
श्रावण ३०, २०७८ शनिबार
  • 361
    SHARES
  • सानिमा लाइफको आईपीओ बाँडफाँड, कतिले पाए १० कित्ता ?

    काठमाडौँ ।  सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ। कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक सेयर शनिबार बिहान बाँडफाँड भएको हो।

    images

    सानिमाको आइपीओमा २४ लाख १९ हजार ८ सय ४८ जनाको आवेदन दिएका थिए। त्यसमध्ये २३ लाख ८ हजार १ सय २२ योग्य आवेदन परेको कम्पनीले जनाएको छ। कम्पनीको आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले सेयर वितरण गरिएको छ।

    योग्य आवेदकहरु मध्येबाट ५ लाख ४० हजार जनाले १० कित्ताको दरले सेयर पाएका छन्। त्यस अनुसार १७ लाख ६८ हजार १२२ जना आवेदकले पाएनन्। कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म आईपीओ  निष्काशनमा ल्याएको थियो।आइपिओ रिजल्ट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिन्छ।

    images