मंगलबार, कार्तिक १८ गते २०८३
images
images

करेन्ट लागेर एक युवकको मृत्यु

एक्सप्रेस पाना
चैत्र २९, २०७८ मंगलबार
  • 312
    SHARES
  • करेन्ट लागेर एक युवकको मृत्यु

    चैत २९ सर्लाही । जिल्लाको मलंगवामा चापाकलबाट करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । 

    images

    मंगलबार जिल्ला सदरमुकाम मलंगवा नगरपालिका–१०, निवासी ३६ वर्षका अवदेशकुमार गुप्ताको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरमा मोटर जडान गरेको चापाकल चलाउने क्रममा गुप्तालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

    दिउँसो करेन्ट लागेर अचेत बनेका गुप्तालाई प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक गुप्ताको शव परीक्षणको लागि प्रादेशिक अस्पतालमै राखिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

    images