काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से मा आज आइतबार तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यो समाचार तयार पार्दासम्म नेप्सेमा खानीखोला हाइड्रोपावर कम्पनी, जीवन विकास लघुवित्त वित्तिय संस्था र युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा १० प्रतिशतले बृद्धि भएको हो ।
यस अवधिमा खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ३८ रुपैयाँले बढेर प्रतिकित्ता ४१८ रुपैयाँ पुगेको छ भने जीवन विकास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य २४२.५ रुपैयाँले बढेर प्रतिकित्ता २६६८ रुपैयाँ र युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ७७.७० रुपैयाँले बढेर प्रतिकित्ता ८५४.७० रुपैयाँ पुगेको छ ।

