मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बेसिगाउँमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु, २ घाइते

एक्सप्रेस पाना
बैशाख २, २०७९ शुक्रबार
  • 192
    SHARES
  • बेसिगाउँमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु, २ घाइते

    वैशाख २ काठमाडौं । जिल्लाको बेसिगाउँमा बिहीबार बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । 

    images

    मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार ओखलढुङगा घर भएका १८ वर्षीय दिपेन दाहाल रहेका छन् । 

    दुर्घटनामा गम्भीर घाइते भएका उनको हिजो दिउँसो पौने ४ बजे उपचारका क्रममा जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो । 

    images

    घाइते भएका स्कुटर चालक र स्कुटरमा पछाडी सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

    जोरपाटीबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा ३ ख १३१८ नम्बरको बसले बिपरित दिशाबाट आउँदै गरेको ३ जना सवार बाग्मती प्रदेश ०२–०१२ प ५३२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । 

    हिजो मध्यान्ह १२ बजे भएका सवारी दुर्घटनामा संलग्न चालकलाई बस सहित प्रहरी बृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।