मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आयस्रोतको माध्यम बन्दै आरन व्यवसाय

एक्सप्रेस पाना
बैशाख ४, २०७९ आइतबार
  • 268
    SHARES
  • आयस्रोतको माध्यम बन्दै आरन व्यवसाय

    वैशाख ४ मुगु । जिललाका दलित लुहारहरूको जीविकोपार्जनको लागि  परम्परागत आरन व्यवसाय आयस्रोतको माध्यम बनेको छ ।  देशभर आरन पेसा लोभ भइरहेको बेला मुगुमा भने दलितको सहारा बन्दै गइरहको हो । 

    images

    उमेरमा अरु काम गरेर घर चलाएका यहाँका दलित स्थानीयले वृद्ध अवस्थामा आरन चलाउने गरेका छन् ।अन्य काम गर्न नसकेपछि आरनको काम गरेर घरखर्च चलाउने गरेको उनीहरूको भनाइ छ । सोरु गाउँपालिका-७ का नन्दलाल लावड फरक क्षमताका व्यक्ति हुन् । शारीरिक रूपमा अपांग भए पनि लावडले आरनबाटै चार जनाको परिवार धानेका छन् ।

    आरनबाट हात हतियारदेखि कृषि औजारहरु बनाउने गरिन्छ । तर, कामअनुसारको ज्याला पाउन नसकेको उनीहरूको गुनासो छ । आरनबाट औजार बनाउन एक घण्टा लाग्ने गरेको, तर एक घण्टाको ज्याला एक माना चालम पाइने गरेको आरन व्यवसायी बताउँछन्को ।  आफुसँग राम्रो खेतीयोग्य जमिन नभएकोले यहि पेसाको भरमा जीविका चलाउनु परेको उनीहरू बताउँछन् ।

    images

    यस्तै स्थानीय सरकार बनेपछि दुस्ख हटला भन्ने आशा थियो । तर, स्थानीय सरकारले यो पेसामा ध्यान नदिँदा दुस्ख लागेको उनीहरू बताउँछन् । साथै बजारीकरणको औजारले गर्दा पुख्यौली पेसा हराउँदै जाने होकि भन्ने उनीहरूको आशंका छ ।