मंगलबार, कार्तिक १८ गते २०८३
images
images

धादिङमा माइक्रोबस दुर्घटना हुँदा १७ घाइते, तीन जनाको अवस्था गम्भीर

एक्सप्रेस पाना
बैशाख ४, २०७९ आइतबार
  • 292
    SHARES
  • धादिङमा माइक्रोबस दुर्घटना हुँदा १७ घाइते, तीन जनाको अवस्था गम्भीर

    वैशाख ४ धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटमा माइक्रो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

    images

    आइतबार बिहान पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख २७०४ नम्बरको माइक्रो बस ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा८च ७०३६ नम्बरको कारलाई ठक्कर दिई सोही दिशाबाट आउँदै गरेको ना८ख २०१४ नम्बरको ट्रकसँग ठोक्किँदा माइक्रोमा सवार १७ जना घाइते भएका हुन् ।

    घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । गम्भीर घाइते तीनसहित अन्य पाँचजनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । घाइते तीनजनाको गजुरी अस्पताल र बाँकी ६ जनाको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेनिघाटले जानकारी दिएको छ ।
     

    images