मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कार दुर्घटना हुँदा धनुषामा एक जनाको मृत्यु, तीन जना घाइते

एक्सप्रेस पाना
बैशाख ११, २०७९ आइतबार
  • 385
    SHARES
  • कार दुर्घटना हुँदा धनुषामा एक जनाको मृत्यु, तीन जना घाइते

    वैशाख ११ धनुषा । जिल्लाको लक्ष्मिनिया गाउँपालिका–४ सपहीमा शनिबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । 

    images

    मृत्यु हुनेमा कार चालक भारतिय नागरिक नविन कुमार राय रहेका छन् । 

    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागी जनकपुर स्थित प्रादेशिक अस्पताल पु–याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    images

    दुर्घटनामा घाइते भएका कारमा सवार सोनु कुमार गुप्ता, विशाल कुमार राय र गोलु कुमार महतोको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये गोलुको अवस्था गम्भीर रहेको छ । 

    महेन्द्रनगरबाट जनकपुर तर्फ जाँदै गरेको भारतिय नम्बरको कार गएराती सवा ११ बजे अनियन्त्रीत भई माटोको डिस्कोमा ठोकिएको थियो ।