मंगलबार, कार्तिक १८ गते २०८३
images
images

चार हिमाल सफा गर्न सेनाकाे टाेली आधार शिविरमा

एक्सप्रेस पाना
बैशाख १२, २०७९ सोमबार
  • 274
    SHARES
  • चार हिमाल सफा गर्न सेनाकाे टाेली आधार शिविरमा

    वैशाख १२ काठमाडौं । नेपाली सेनाले नेतृत्व गरेकाे ‘सफा हिमाल अभियान- २०२२’ काे टाेलीहरु चार वटा हिमालका आधार शिविरमा पुगेका छन् ।

    images

    यस अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालको सफाइ गर्ने तयारी छ ।  सगरमाथा र ल्होत्सेमा खटिएको टोली १ वैशाख, कञ्चनजंघामा खटिएको टोली ८ वैशाख र मनास्लुमा खटिएको टोली ९ वैशाखमा आधार शिविर पुगेका नेपाली सेनाले जनाएकाे छ ।

    'बेश क्याम्प पुगे पश्चात उक्त टोलीले फोहोर संकलन गर्ने कार्य सुरु गरेका छन्,' जंगीअड्डा जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस नोटमा भनेको छ ।

    images

    हिमाल सफाइ अभियान २२ गतेसम्म संचालन हुनेछ ।