मंगलबार, कार्तिक १८ गते २०८३
images
images

खोटाङमा ४१५ जनप्रतिनिधिका लागि एक हजार ३३० जनाको उम्मेदवारी

एक्सप्रेस पाना
बैशाख १५, २०७९ बिहीबार
  • 166
    SHARES
  • खोटाङमा ४१५ जनप्रतिनिधिका लागि एक हजार ३३० जनाको उम्मेदवारी

    वैशाख १५ खोटाङ । जिल्लाका १० स्थानीय तहको ४१५ जनप्रतिनिधिका लागि एक हजार ३३० जनाको उम्मेद्‌वारी परेको छ । दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडाका लागि एक हजार ३३० जनाको उम्मेदवारी दर्ता भएको हो । 

    images

    १० जना अध्यक्षरप्रमुखका लागि ४६ जना र १० उपाध्यक्ष/उपप्रमुखका लागि ३६ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्र राईले बताए ।

    ७९ वडाध्यक्षका लागि २९५ जनाको उम्मेद्वारी परेको छ । यस्तै, हरेक वडामा दुई जनाका दरले निर्वाचित हुने १५८ खुला सदस्यका लागि ४९७ जना, ७९ जना महिला वडा सदस्यका लागि २३४ र ७९ जना दलित महिला सदस्यका लागि २२२ जनाको मनोनयन दर्ता भएको छ । 

    images