मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नेपाल रेडक्रस सोसाइटी दाङमा चोरी

एक्सप्रेस पाना
बैशाख १५, २०७९ बिहीबार
  • 362
    SHARES
  • नेपाल रेडक्रस सोसाइटी दाङमा चोरी

    वैशाख १५ दाङ । नेपाल रेडक्रस  सोसाइटी दाङ शाखामा चोरी भएको छ । बुधबार राति शाखा कार्यालय तुल्सीपुरमा चोरी भएको हो ।

    images

    चोरले कार्यालयको ढोका फोरेर शाखाका प्रशासकीय अधिकृत विश्राम अधिकारीको कार्यकक्षमा रहेको एक थान कम्प्युटर चोरेर लगेको कार्यक्रम संयोजक जगत तामाङले जानकारी दिए । 

    कक्षामा रहेका सबै दराज र लकरहरु फोरेको चोरले अन्य कुनै पनि सामान लिएको देखिएको छैन । चोरी भएको विषयमा अनुसन्धान भइरहेको  इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    images