मंगलबार, कार्तिक १८ गते २०८३
images
images

भारतीय नम्बर प्लटेको मिनी बससँग सुमो ठोक्किँदा ५ जनाको मृत्यु

एक्सप्रेस पाना
बैशाख २१, २०७९ बुधबार
  • 330
    SHARES
  • भारतीय नम्बर प्लटेको मिनी बससँग सुमो ठोक्किँदा ५ जनाको मृत्यु

    वैशाख २१ काठमाडौं । तीर्थयात्री बोकेर भारततर्फ जाँदै गरेको बस टाट सुमोसँग ठोक्किँदा पाँचजनाको मृत्यु भएको छ । दुर्घटनामा एक बच्चासहित पाँचजनाको मृत्यु भएको हो । काठमाडौंबाट भारततर्फ जाँदै गरेको तीर्थयात्री बोकेको बस सिन्धुलीबाट काठमाडौं तर्फ आइरहेको टाटा सुमोसँग काभ्रेको रोशी गाउँपालिका-११ मा दुर्घटनामा परेको काभ्रे प्रहरीले जनाएको छ । 

    images

    यूपी ५८ टी ८१८१ नम्बरको भारतीय नम्बर प्लेटको मिनी बस र काठमाडौं जाँदै गरेको ना१ज ४२१० नम्बरको टाटासुमोसँग ठक्कर खाएको थियो ।काभ्रेको रोशी गाउँपालिका-११ मा भएको उक्त दुर्घटनामा एक बच्चासहित पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले बताए ।

    दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत हुन नसकेको र घाइतेहरूको उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी हरि खतिवडाले जानकारी दिए । दुर्घटनामा परी घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रवक्ता खतिवडाले बताए ।

    images