मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आजको मौसम : देशका यी स्थानमा भारी बर्षाको सम्भावना

एक्सप्रेस पाना
बैशाख २२, २०७९ बिहीबार
  • 207
    SHARES
  • आजको मौसम : देशका यी स्थानमा भारी बर्षाको सम्भावना

    वैशाख २२ काठमाडौं । देशका कतिपय स्थानमा आज पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    images

    मौसमविद्का अनुसार आज देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले बिहान पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ । 

    आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने पुर्वानुमान गरिएको छ । प्रदेश १, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । 

    images