वैशाख २२ नुवाकोट । नुवाकोट जिल्लाको लिखु गाउँपालिका ६ स्थित सिन्दुरे खोलाको बगरमा बैशाख २१ गते सशस्त्र प्रहरीले प्रदेश ३–०२–००१ ब २५५ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाईकल पुरिएको अवस्थामा फेला पारेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी नायव निरीक्षक भाईमान राउत को कमाण्डमा निर्वाचन सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले उक्त बगरमा मोटरसाईकलको ह्याण्डिल जस्तो बस्तु देखिएपछि त्यस ठाउँमा खोजतलास गर्दा उल्लेखित नम्बरको सरकारी मोटरसाईकल फेला पारीएको हो । उक्त मोटरसाईकल आवश्यक अनुसन्धानको लागी नेपाल प्रहरीलाई बुझाईएको हो ।
बिगत बीस दिनदेखि हराई रहेका मनिष र प्रियंका सशस्त्र प्रहरीद्वारा फेला
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ७ महादेवपट्टिबाट बैशाख २१ गते सशस्त्र प्रहरीले २१ वर्षिय मनिष यादव र १९ वर्षिया प्रियंका यादवलाई फेला पारेको छ ।
सोही जिल्लाको एकडारा गाउँपालिका ३ परसा घर भएका उनिहरु बिगत २० दिनदेखि घरबाट हराई रहेको भन्ने सुचनाको आधारमा उनीहरुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल बिओपी जलेश्वरबाट सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनीहरु दुबै लाई नेपाल भारत सीमा ईलाकामा फेला पारी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाईएको छ ।
विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
मोरङ जिल्लाको विराटनगर महानगरपालिका १६ स्थित हुलासचोक ईलाकाबाट बैशाख २२ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १५ बस्ने २४ वर्षिया शुशिला परियार छिन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेकी निज परियारलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा लुपिजेसिक २० एम्पुल, डाईजेपाम २० एम्पुल, फेनेरागन २० एम्पुल र एभिल २० एम्पुल फेला पारेको हो । पक्राउ परेकी परियारलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
.jpg)


