मंगलबार, कार्तिक १८ गते २०८३
images
images

देशभर छ दिन विद्यालय बन्द

एक्सप्रेस पाना
बैशाख २३, २०७९ शुक्रबार
  • 420
    SHARES
  • देशभर छ दिन विद्यालय बन्द

    वैशाख २३ काठमाडौं । सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ ।

    images

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णय अनुसार शिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो । मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा तीन दिन बिदा दिन निर्देशन दिएको हो ।

    सरकारी निर्णयअनुसार वैशाख २८ देखि ३० गतेसम्म विद्यालय बन्द हुनेछ। ३१ गते शनिबार परेको छ। जेठ १ गतेदेखि शनिबार र आइतबार गरी साताको दुईदिन बिदा दिने सरकारी निर्णयअनुसार जेठ १ गते आइतबार पनि विद्यालय बन्द हुनेछ। जेठ २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेको छ। यसरी देशभरका सरकारी विद्यालय ६ दिन बिदा हुने भएको छ ।

    images