मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आगलागीमा परी २ जनाको मृत्यु

एक्सप्रेस पाना
बैशाख २३, २०७९ शुक्रबार
  • 520
    SHARES
  • आगलागीमा परी २ जनाको मृत्यु

    वेशाख २३ काठमाडौं । भोजपुर र पाल्पामा आगलागीका घटनामा परी दुई जनाको मृत्यु भएको छ । 

    images

    भोजपुरको षडानन्द नगरपालिका–१४ बिहिबारे बजार बस्ने खेममणी तामाङको घरमा बिहीबार साँझ आगलागी हुँदा जलेर उनको दुई वर्षीया छोरी रेश्मा तामाङको मृत्यु भएको छ । 

    आगलागीमा परी घाइते भएकी उनकै श्रीमती २४ वर्षीया मिना तामाङको धरान घोपा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

    images

    आगलागीबाट दुई वटा घर तथा खेममणीको किराना पसल र कपडा पसल समेत पूर्णरूपमा जलेर नष्ट भएको छ । 

    पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ जौखरक बस्ने ७९ वर्षीय मान बहादुर सोमैको घरमा बिहीबार राति आगलागी हुँदा जलेर मान बहादुरको मृत्यु भएको छ । 

    आगलागीबाट करिब २० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।