मंगलबार, कार्तिक १८ गते २०८३
images
images

तीन वायुको संयुक्त प्रभाव, आज वर्षाको सम्भावना

एक्सप्रेस पाना
बैशाख २५, २०७९ आइतबार
  • 294
    SHARES
  • तीन वायुको संयुक्त प्रभाव, आज  वर्षाको सम्भावना

    काठमाडौं, २५ वैशाख आइतबार बिहान प्रदेश १ का तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । स्थानीय वायु, पश्चिमी न्यून चापिय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामिलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा मौसम प्रतिकूल बनेको हो ।

    images

    दिउँसो प्रदेश १ ,बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान र बाँकी भूभागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    राति प्रदेश १, बागमती र कर्णालीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ ।

    images

    सोमबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी भूभागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।