मंगलबार, कार्तिक १८ गते २०८३
images
images

जनकनन्दनी गाउँपालिका अध्यक्ष शेषको निधन

एक्सप्रेस पाना
बैशाख २५, २०७९ आइतबार
  • 399
    SHARES
  • जनकनन्दनी गाउँपालिका अध्यक्ष शेषको निधन

    वैशाख २५ जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुलवारिक शेषको ७० वर्षको उमेरमा निधन भएको छ । 

    images

    लामो समयदेखि फोक्सोको क्यासरबाट पीडित शेषको शनिबार साँझ निधन भएको गाउँपालिकाका निर्वतमान उपाध्यक्ष भारती कार्कीले जानकारी दिइन् ।

    शनिबार दिनभरि उनी पार्टीको चुनावी बैठकमा सहभागी भएका थिए । तर, साँझ घर आएर आराम गरिरहेको अवस्थामा एक्कासी हृदयघात भएर उनको निधन भएको कार्कीले बताइन् । 

    images

    ०७४ को निर्वाचनमा उनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

    शेषको पार्थिक शरिरलाई आइतवार दिउँसा इस्लामिक परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिनेछ ।