मंगलबार, कार्तिक १८ गते २०८३
images
images

दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

एक्सप्रेस पाना
बैशाख २५, २०७९ आइतबार
  • 415
    SHARES
  • दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

     वैशाख २५ कैला। जिल्लाको गोदावरी नगरपालिका–७ मा दुइओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

    images

    से ६ प १८७३ नम्बरको मोटरसाइकल र सुदुरपश्चिम प्रदेश ०१–००९ प ९५ ४६ नम्बरको मोटरसाइकल शनिबार बेलुकी पौने ८ बजे ठोक्किएका थिए । 

    मृत्यु हुनेमा ९५४६ नम्बरको मोटरसाइकल चालक कैलालीकै बर्दगोरीया नगरपालिका–१ का २८ वर्षीय प्रकाश साउद रहेका छन् । दुर्घटनामा परि गम्भीर घाइते भएका साउदको उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    घाइते भएका अर्का चालकको पद्यमा अस्पताल अत्तरीयामा  उपचार भइरहेको छ ।