मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

एक्सप्रेस पाना
बैशाख २६, २०७९ सोमबार
  • 262
    SHARES
  • मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    वैशाख २६ बाँके । जिल्लाको राप्तीसोनारी  गाउँपालिका–८ गल्लि  कुटानमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा मोटरसाइकल चालक दाङको तुलसीपुर उपमहानगरपालिका ५ का २९ वर्षिय मान बहादुर बिश्वकर्मा र सोही मोटरसाइकलमा पछाडि सवार  २५ वर्षिय किशोर बसौली रहेका छन् ।  

    दुर्घटनामा गम्भिर घाइते भएका दुबै जनाको उपचारको क्रममा नेपालगञ्ज स्थित मेडिकल कलेज कोहलपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    images

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १० प २७८४ नम्बरको मोटरसाइकल आज बिहान पौने १० बजे नियन्त्रण गुमाएर पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।