मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मौन अवधिमा समेत रोकिएन गाँजा तस्करी

एक्सप्रेस पाना
बैशाख २९, २०७९ बिहीबार
  • 371
    SHARES
  • मौन अवधिमा समेत रोकिएन गाँजा तस्करी

    वैशाख २९ काठमाडौं । प्रहरीले गाँजासहित एकजनालाई पक्राउ गरेको छ । बिहीबार जिल्ला सदरमुका मलंगवा नगरपालिका-८, स्थित राजश्री सिनेमा घर नजिकैबाट गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

    images

    पक्राउ पर्नेमा सोही स्थान बस्ने १९ वर्षका रुस्तमकुमार यादव रहेको प्रहरीले जनाएको छ । उनकाे साथबाट प्लास्टिकमा पोको पारेर टाउकोमा बोकेको अवस्थामा १३ किलो ९ सय ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीकाे भनाइ छ ।

    यादवलाई शंका लागेर चेकजाँच गर्दा उनले बोकेको पोकोमा गाँजा फेला परेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । आवश्यक कारबाहीका लागि बरामद गाँजासहित यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।

    images