शुक्रबार, भाद्र २६ गते २०८३
images

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग

एक्सप्रेस पाना
भाद्र ८, २०७८ मंगलबार
  • 254
    SHARES
  • पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग

    भाद्र ८ काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।

    images

    आज (मंगलबार) अध्यक्ष हरिकृष्ण गजुरेलले एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् । मूल्यवृद्धि फिर्ता नलिए सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने क्रान्तिकारीले चेतावनी दिएको छ ।

    त्यस्तै नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन आन्तरिक तर्फमा प्रतिलिटर २–२ रुपैयाँको दरले र हवाइ इन्धनमा १६ अमेरिकी डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी। ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मूल्य बढाएको थियो ।

    images