शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अमेरिकाको भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

एक्सप्रेस पाना
आश्विन १४, २०८१ सोमबार
  • 304
    SHARES
  • अमेरिकाको भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण पूरा गरी सोमबार स्वदेश फर्किएका छन् ।

    images

    प्रधानमन्त्री ओली सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । गत असोज ४ गते संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन ओली अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए । 

    ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका नेताहरूसँग भेटवार्ता समेत गरेका थिए ।

    images

    स्वदेश फर्किएसँगै ओलीले आजै मन्त्रिपरिषद् बैठक बोलाउको बताइएको छ । 

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री