काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा एक हजार रुपैँयाले घटेर प्रतितोला एक लाख ५९ हजार १०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



