शुक्रबार, आश्विन २३ गते २०८३
images

१७.१५ अकंले बढ्यो नेप्से,४ अर्ब ८३ करोडको कारोबार

एक्सप्रेस पाना
आश्विन २३, २०८३ शुक्रबार
  • 57
    SHARES
  • १७.१५ अकंले बढ्यो नेप्से,४ अर्ब ८३ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार १७.१५ अकंले बढेर २५९१.८६ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार बढेसंगै शुक्रबार कारोबार रकम पनि बढेको छ । बिहिबार ३ अर्ब ९३ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ८३ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १८०कम्पनिको सेयर मुल्य बढेको छ भने ८९ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १० कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से