काठमाडौं । नेपाली बजारमा पछिल्ला केहि दिन यता लगातार बढेको सुनको मुल्य बिहिबार भने घटेको छ ।
आज सुन तोलाको ७ सय रुपैँयाले घटेर तोलाको एक लाख ६६ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बुधबार सुन तोलाको एक लाख ६६ हजार ७ सयमा कारोबार भएर अहिलेसम्मकै उच्च मुल्य कायम भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर २०९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



