काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य अंकले घटेको छ ।
पछिल्लो समय दैनिक रुपमा बढिरहेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो कारोबार दिन आइतबार छापावाला सुन प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।



