काठमाडौं । नेपाली बजारमा तिहारपछिको सुनको मुल्य घटेको छ ।
आज मंगलबार सुनको मुल्य तोलामा २८ सय रुपैँयाले घटेर प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
कार्तिक १५ गते १ लाख ७१ हजारमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । कार्तिक १५ गते २ हजार ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ६० रुपैयाँले घटेर २ हजार ३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।



