काठमाडौं । नोपली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।



