काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुन प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।



