काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यमा उच्च गिरावट आएको छ ।
आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाला सुन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मुुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
भन्सार महसुल घटेसँगै सुनचाँदीको मूल्यका भारि गिरावट आउन थालेको हो । सुनमा २० प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ भने चाँदीमा १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको छ ।



