काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्यमा सामान्य गिरावर्ट आएको छ ।
आज सुनको मुल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मुुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ८ सय ३० रुपैँयामा कारोबार भएको थियो ।



