काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ ।
आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुन तोलामा १ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलामा १ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो ।



