काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।
आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ८ सय ९० रुपैँयामा कारोबार भएको थियो ।



