काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रथुम पुगेर आफुले शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
बुधबार तेह्रथुम पुगेर आठराई गाउँपालिका– ४ मा नवनिर्मित विद्यालयको भवन उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले यस विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरेका थिए । दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा निर्मित उक्त भवनको हालै निर्माण सम्पन्न भएको हो ।



