काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ।
आज सुन तोला ४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भईरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदी मूल्य पनि १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।



