काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा ५०० सय रुपैयाँले घटेर प्रतितोलामा १ लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुनको तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो
यस्तै आज चाँदी तोलामा १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको थियो ।



