काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ।
आज सुनको मुल्य तोलामा एक हजार ४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि चाँदीको सोही मूल्य कायम थियो ।



