काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ ।
आज सुनको मुल्य तोलामा १५ सय रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मुल्य प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । । शुक्रबार पनि चाँदी सोहि मुल्यमा कारोबार भएको छ ।



